Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट धुम्बाराहीमा बस्दै छ । सोमबार बाट सुरु हुने केन्द्रीय समितिको पूर्ण बैठक तीन दिनसम्म चल्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले भने, ‘बैठक मध्यान्नबाह्र बजेतिर बस्ने गरि तयारी गरेका छौं । तीनदिनसम्म बस्ने बैठकमा समसमयिक राजनीति देखि राजनीतिक प्रतिवेदन पेश गर्नेलगायत विभिन्न विषयमा छलफल गर्नेछौं ।’ बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेदेखि पेस भएका प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नेछन् । तीन दिनसम्म बस्ने पूर्ण समितिको बैठकबाटै राप्रपाको आगामी कार्ययोजना र कार्यदिशा निर्धारण गर्ने बताइएको छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन रहेका पूर्वमन्त्री रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट पक्राउ नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतले भन्यो, ‘केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिनु भएका साथिहरुले नियन्त्रणमा लिनुभएको हो ।’ यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई जिल्ला अदालत उपस्थित गराइएको थियो ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । अदालतले नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर छानविन गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयको प्रस्ताव अनुरुप अनुसन्धानका लागि ४ दिन म्याद थपिएको अदालतले जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रक्ररणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, सरकारका सचिव टेकनारायण पाण्डे, निलम्बित एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, र यस प्रकरणमा महत्वपूणर्…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वणर्िम बोग्लेले नेपालबाट उब्जेको नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न दिनु नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयेजित नक्कली भुटानी शरणार्थी प्रकरण विषयक कार्यक्रममा बोल्दै उनले यो काण्डमा संसार भर छरिएर रहेका नेपालीहरुको पनि प्रतिष्ठाको विषय बनेको बताए । उनले आफुले यो केसबारे उठान गर्दा ट्वीटरमा राष्ट्रसंघका महासचिवलाई पनि ट्याग गरेको चर्चा गर्दै आफूलाई यो प्रकरण अन्तर्रांष्ट्रियकरण गराएको आरोप पनि लागेको गुनासो गरे । उनले भने ‘ नक्कली भूटानी शरणार्थी प्रकरणालाई विश्व समुदायले चासोका साथ हेरेको छ, विदेशका धेरै मुलुकमा बसेका नेपालीको प्रतिष्ठासंग पनि जोडिएको छ, त्यसैले पनि यो केसलाई सामसुम पार्न दिनु हुँदैन…
काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आईतवार पक्राउ पुर्जी जारी गरिएको हो । नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांँग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आज विहान पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भए लगत्तै प्रहरीले शेर्पाको खोजी तीब्र पारेको छ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर वयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए । यस्तै उनले गृहमन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भने गरेको कागज पनि…
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेताहरूले गरेको भष्ट्राचार विरुद्धको सडक आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आक्रोश पोखेका हुन् । उनले नेताहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनका नाममा नाटक गरेको भन्दै सिधै बागमतीमा चोपल्नुस् भन्दै आक्रोश पोखेका छन् । बालेनले लेखेका छन् – ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नुस् । यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले । पत्याउँदिन म चही । तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो…
काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको कार्वाहीमा आम जनताले दिएको साथले सरकारलाई थप उर्जा मिलेको टिप्पणी गरेको छन् । शनिवार लोक साहित्यकार,संस्थापक एवं वाङ्मय शताब्दी पुरुष डा.ससत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारको जालोलाई तोड्ने क्रममा गरेको काममा आम जनताको सहयोगले सरकारलाई थप उर्जा मिलेको बताएका हुन् । उनले भने, ‘समृद्धिको कुरा गर्ने भाषण गर्ने तर कमिसनको जालो र भ्रष्टाचारको जालोलाई तोड्न नसक्ने हो भने सुशासन स्थापित गर्न नसक्ने पुष्टि भइसकेको छ । अहिले सरकार सुशासनलाई स्थापित गर्ने समृद्धिको यात्रालाई तीव्र गर्ने कुरालाई गर्ने र सामाजिक न्याय स्थापित गर्ने कुरामा दृढ…
काठमाडौं । नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निणर्य गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले सूचना ककपाएर पनि अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निणर्य गरिएको हो ।यस्त ै बैठकमा आउने तर काम नगर्ने प्रवृत्ति सुधार नभएकालाई पनि कमिटीबाट बिदा गर्ने निणर्य गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका हुन् । उनले भने, ‘कमिटीको सूचना पाएर पनि विना कारण लगातार तीनपटक बैठकमा अनुपस्थित रहनेहरूलाई कमिटीबाट विदा गर्ने निणर्य भएको छ । बैठकमा आउने तर काममा नजुट्ने बैठक देखि बैठकसम्म मात्र उपस्थिति सदस्यहरुलाई निश्चित समयसम्म सक्रिय हुन…
काठमाडौं । धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि मृत्यु भएका माउण्टेनगाईड रामबहादुर तामाङ्गको शव काठमाडौं ल्याइएको छ । शनिवार बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फतकाठमाडौं ल्याइएको हो । मृतक तामाङ्ग गत असोज ५ गते धौलागिरी हिमाल आरोहणको लागि कोरियाली आरोहीटोली लिएर जाने क्रममा असोज २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए । नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले बैशाख २८ र २९ गते तामाङको खोजी गरेको थियो । खोजीको क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको शवलाई फेला पारेर हिजो २९ गते बेसक्याम्पसम्म ल्याइएको हो ।