काठमाडौं । धौलागिरी हिमालमा भएको भारी हिमपातमा परि मृत्यु भएका माउण्टेनगाईड रामबहादुर तामाङ्गको शव काठमाडौं ल्याइएको छ ।
शनिवार बेसक्याम्पबाट नेपाली सेनाको हेलिकप्टरमार्फतकाठमाडौं ल्याइएको हो । मृतक तामाङ्ग गत असोज ५ गते धौलागिरी हिमाल आरोहणको लागि कोरियाली आरोहीटोली लिएर जाने क्रममा असोज २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका थिए ।
नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले बैशाख २८ र २९ गते तामाङको खोजी गरेको थियो ।
खोजीको क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको शवलाई फेला पारेर हिजो २९ गते बेसक्याम्पसम्म ल्याइएको हो ।
Facebook Comments Box
