काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट धुम्बाराहीमा बस्दै छ ।
सोमबार बाट सुरु हुने केन्द्रीय समितिको पूर्ण बैठक तीन दिनसम्म चल्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
उनले भने, ‘बैठक मध्यान्नबाह्र बजेतिर बस्ने गरि तयारी गरेका छौं । तीनदिनसम्म बस्ने बैठकमा समसमयिक राजनीति देखि राजनीतिक प्रतिवेदन पेश गर्नेलगायत विभिन्न विषयमा छलफल गर्नेछौं ।’
बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेदेखि पेस भएका प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नेछन् ।
तीन दिनसम्म बस्ने पूर्ण समितिको बैठकबाटै राप्रपाको आगामी कार्ययोजना र कार्यदिशा निर्धारण गर्ने बताइएको छ ।
Facebook Comments Box
