काठमाडौं । नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निणर्य गरेको छ ।
शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले सूचना ककपाएर पनि अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निणर्य गरिएको हो ।यस्त ै बैठकमा आउने तर काम नगर्ने प्रवृत्ति सुधार नभएकालाई पनि कमिटीबाट बिदा गर्ने निणर्य गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका हुन् ।
उनले भने, ‘कमिटीको सूचना पाएर पनि विना कारण लगातार तीनपटक बैठकमा अनुपस्थित रहनेहरूलाई कमिटीबाट विदा गर्ने निणर्य भएको छ । बैठकमा आउने तर काममा नजुट्ने बैठक देखि बैठकसम्म मात्र उपस्थिति सदस्यहरुलाई निश्चित समयसम्म सक्रिय हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने, सुधार नभए कमिटिबाट विदा गर्ने यो परिपार्टीलाई विस्तारै बलियो बनाउदैँ लाने ।’
उनले सदस्यहरु धेरै भएको हुनाले भद्दा भएको कमिटीमा पदाधिकारी बाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि निणर्य भएको जानकारी पनि दिए ।
पार्टी सदस्यमा शुद्धीकरण र विस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको असार १५ सम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।
असार १५ गतेसम्म जिल्ला कमिटीले नवीकरणको अभियान सक्ने र प्रदेश कमिटीमा बुझाउने, असार मसान्तसम्म सबै प्रदेश कमिटीले नयाँ पार्टी सदस्य भएका र नवीकरण गरेकाहरूको विवरण केन्द्रीय सङ्गठन विभागमा पठाउने निणर्य गरेको छ
