Author: खबरमञ्च

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् । सुर्खेतको बीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनु पर्ने अवस्था आएको बताए । उनले भने, ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं – त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौं ।’ पूर्वराजा शाहले नेपालको पिरमर्का बुझ्न नेपाली मुटुले…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्वीकार गरेका छन् ।  शनिवार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले छलफलले लोकतन्त्रलाई बलियो बनाउने टिप्पणी गरे । उनले पुरानै ढर्राको शैली अपनाइएको भन्ने सांसदहरुको भनाईप्रति आफ्नो सर्मथन रहेको समेत बताए । समयको चाँप र काम गर्ने तौर तरिकाकै कारण सम्झौताकै रुपमा पुरानै शैलीको नीति तथा कार्यक्रम बनाइएको बताएका उनले केही हदसम्म नीति तथा कार्यक्रम कर्मकाण्डी नै भएको स्वीकार गरे । ‘जो माननीय सदस्यले यसलाई कर्मकाण्डी देख्नु भएको छ । म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ ।…

Read More

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै अबरुद्ध संसद आजवाट खुल्ने भएको छ ।  ‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदकाे रेकर्डवाट साे हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शीर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’ पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए…

Read More

काठमाडौं । संसदको गतिरोधलाई अन्त्य गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेर छलफल थालेका छन् । पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो। एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन्। यही विषयलाई लिएर एमालेले आज पनि संसद अवरोध गर्ने तयारी गरेको छ। सरकार संसदमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । प्रकाशित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।

Read More

काठमाडौँ । प्रतिनिधि सभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् । नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेकपा माओवादीका सांसद राजन दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलहरी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गरेका थिए ।

Read More

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिनाथमा पिलतलको जलारी चढाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भन्ने सत्ता पक्षबाट लागेको आरोपको छानविनका लागि माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् । उनले भने ‘प्रतिपक्षको हाम्रो जिम्मेवार नेतामाथि लागेको कुरा गैर जिम्मेवार छ । सुनको जलहरीको नाममा पशुपतिनाथमा पिलतलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ । यो यति गम्भीर आरोप लागेको छ । सत्ता पक्षले यस्तो आरोप लगाएको छ यो टाउकोमा बोकेर कसरी भाग लिन सक्छौं हामी ।…

Read More

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले तत्कालीन केपी शर्मा ओलीको सरकारले पशुपतिनाथमा सुनको जलहरी राख्ने नाममा पितल राखेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर आफ्नो धारणा राख्दै प्रमुख सचेतक गिरीले यही संसदमा तत्कालीन ओली सरकारमाथि आरोप लगाइएकोले यसबारेमा सरकारको धारणा के छ भन्ने प्रश्न गरे । उनले आरोप लगाउने नेकपा माओवादीका सांसद राजन दाहाललाई माफी मगाउनु पर्ने माग पनि गरेका थिए । उनले भने ‘ओली सरकारको पालामा पशुपति नाथको गजुरमा जलहरी लगाउने भनेर सुनको नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टचार भएको छ भन्ने जस्तो गम्भीर आरोप यहि सदनमा लागेको छ…

Read More

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उलंघनका घटनालाई लिएर गरिएका सिफारिस कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि जनाएको छ । आयोगको २४ औं स्थापना दिवसको अवसरमा, अध्यक्ष तप बहादुर मगरले, राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसको कार्यान्यनको विषय निकै पेचिलो बन्दै गएको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुभकामना भिडियो जारी गर्दै मगरले भने,‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने र राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरुको कार्यान्यनको विषय पनि निकै पेचिलो छ । अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्नुपर्ने दायित्व राज्यसंग छ ।’ उनले थपे, ‘आयोगलाई मानवअधिकारको सच्चा पहरेदारको रुपमा उभ्याउन आयोगको थप क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि छ,यसतर्फ म नेपाल सरकारको ध्यानआकृष्ट गराउन चाहान्छु ।’…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि संघीय संसद नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । एक साता अघि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि त्यसयता निरन्तर जसो सदनमा छलफल हुँदै आएको छ संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिएपछि नीति कार्यक्रम निणर्यार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको…

Read More