काठमाडौं । संसदको गतिरोधलाई अन्त्य गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू बालुवाटार पुगेर छलफल थालेका छन् ।
पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो।
एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन्।
यही विषयलाई लिएर एमालेले आज पनि संसद अवरोध गर्ने तयारी गरेको छ।
सरकार संसदमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।
Facebook Comments Box
