काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्वीकार गरेका छन् ।
शनिवार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले छलफलले लोकतन्त्रलाई बलियो बनाउने टिप्पणी गरे । उनले पुरानै ढर्राको शैली अपनाइएको भन्ने सांसदहरुको भनाईप्रति आफ्नो सर्मथन रहेको समेत बताए ।
समयको चाँप र काम गर्ने तौर तरिकाकै कारण सम्झौताकै रुपमा पुरानै शैलीको नीति तथा कार्यक्रम बनाइएको बताएका उनले केही हदसम्म नीति तथा कार्यक्रम कर्मकाण्डी नै भएको स्वीकार गरे ।
‘जो माननीय सदस्यले यसलाई कर्मकाण्डी देख्नु भएको छ । म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । उनले भने पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । कयौं आधारभूत कुराहरु परार सालका सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो ।’
कर्मकाण्डी भन्ने साथीहरुले आफूहरुले पहिले ल्याए जस्तै आयो भन्नेले जे आयो ठीक आयो भनेर स्वीकार गर्नुपर्ने उनको तर्क छ । पुरानै जस्तो भयो कर्मकाण्डी भन्ने साथीहरुले आफूहरुले ल्याएको जस्तै आयो भनेर सर्मथन गर्नुपर्थ्यो उनको टिप्पणी छ ।
