Author: खबरमञ्च
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नक्सामा रहेको नेपालीभूमि हटाउन लगाउनुपर्ने बताएका छन्। राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा उनले नेपालीको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाँउमा राखेर भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाए । भारतले देखाएको हेपाहा व्यवहारप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यो गल्ती सच्चाउन सक्दैन भने भारत भ्रमणमा नगए हुने उनको तर्क छ । उनले भने, ‘अहिले आइरहेको छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसदले राख्यो, भारत सरकारले आफ्नो गल्ती महशुस गर्यो भने त्यो आफ्नो ठाँउमा छ । तर नेपालीको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्ड र गौर हत्यकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए । ‘ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड,’ उनले भने । आम नागरिकलाई जनतालाई अब केहि हून्छ भन्ने आभाष दिलाउने गरी कामगर्ने बताए उनले भने ‘त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला…
काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि करा लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मुल्यको दुई प्रतिशत कर भुक्तानी गर्नु पर्नेछ । आर्थिक विधेयक ०८० मा भनिएको छ,‘विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आय वर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्नेछ ।विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) लाग्नेछ ।’ नीति लागू गर्न सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गरिसकेको छ । कार्यविधि अनुसार विद्युतीय सेवा…
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.२६ अंकले बढेको छ । योसँगैं सूचक १९४४.०३ विन्दुमा आएको छ । सेन्सेटिभ इण्डेक्सको पनि १ अंक बढेको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसकेको भने २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी ११ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस् पोष्ट गर्दै भारत सरकारले भर्खरै उद्घाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने उनको धारणा छ । स्टाटसमा उनले भनेका छन्,‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको…
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । यसपटक बेनामे उजुरी दिन पाइने छैन । पहिले बेनामे उजुरी पनि दिन पाइन्थ्यो । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नने छ भने बेनामे उजुरीमाथि छानबिन हुने छैन ।
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अर्थमन्त्रीले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरे । घरजग्गा कारोबारका लागि महानगर र उपमहानगरमा लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्रीले बताएका छन् । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन हुन सकेन । घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाटै वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने अर्थमन्त्रीले घोषणा गरे ।
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गरिरहेका छन् । मन्त्री महतले मुलुकको विषम आर्थिक अवस्थालाई उकास्ने प्रयास बजेटमा गरिएको बताएका छन् । उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने कार्यक्रम बजेटमा समेटिएको उल्लेख गर्दै फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने प्रयास गरिएको पनि बताए । मन्त्री महतले कोभिड १९, युक्रेन युद्द, उच्च व्याजदरले आर्थिक वृद्धिदरमा सुस्तता देखिएको बताए । चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान पनि बजेटमा गरिएको छ ।
काठमाडौं । सरकारले संसदमा पेश गर्न लागेको बजेट स्वीकृत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘आर्थिक वर्ष २०८० ८१ बजेट संसदमा पेश गर्नको लागि क्याविनेटले स्वीकृत गरियो । प्रधानमन्त्रीको भारत प्रमण १७ गते ३० गतेसम्मको लागि टोली गठन भएको छ । जसमा प्रधानमन्त्री सहित ,यर्जा मन्त्री, भौतिक तथा यातायात मन्त्री,परराष्ट्रमन्त्री सहित ५ जनाको टाली औपचारिक रुपमा स्वीकृत भएका छन् ।’ केही बेरमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट संसदमा प्रस्तुत गर्दैछन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस अब कुनै पनि पार्टीसँग गठबन्धन गरेर अगाडि नबढ्ने बताएका छन् । नेपाली कांग्रेस संघीय सभा क्षेत्र नं.२ कार्यसमिति, ललितपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भुईमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला तर कुनै पार्टीसँग तालमेल गरेर चुनावमा जाने गल्ती कांग्रेसले अब नगर्ने बताए । उनले अब पार्टीलाई सच्चाउने घोषणा र संकल्प कांग्रेसले गर्नै पर्ने बताए । उनले भने, ‘अब गरेको गल्तीलाई सुधार गर्दै आम जनतासँग माफी माग्दै, यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ यो पटक जीवनमा चुनाव हारे हारिन्छ दुई पटक, तीन पटक हारिन्छ तर जीवनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन…