काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेट पेश गरिरहेका छन् ।
मन्त्री महतले मुलुकको विषम आर्थिक अवस्थालाई उकास्ने प्रयास बजेटमा गरिएको बताएका छन् ।
उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने कार्यक्रम बजेटमा समेटिएको उल्लेख गर्दै फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने प्रयास गरिएको पनि बताए ।
मन्त्री महतले कोभिड १९, युक्रेन युद्द, उच्च व्याजदरले आर्थिक वृद्धिदरमा सुस्तता देखिएको बताए ।
चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान पनि बजेटमा गरिएको छ ।
Facebook Comments Box
