काठमाडौं । सरकारले संसदमा पेश गर्न लागेको बजेट स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘आर्थिक वर्ष २०८० ८१ बजेट संसदमा पेश गर्नको लागि क्याविनेटले स्वीकृत गरियो । प्रधानमन्त्रीको भारत प्रमण १७ गते ३० गतेसम्मको लागि टोली गठन भएको छ । जसमा प्रधानमन्त्री सहित ,यर्जा मन्त्री, भौतिक तथा यातायात मन्त्री,परराष्ट्रमन्त्री सहित ५ जनाको टाली औपचारिक रुपमा स्वीकृत भएका छन् ।’
केही बेरमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट संसदमा प्रस्तुत गर्दैछन् ।
Facebook Comments Box
