काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।
सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ ।
यसपटक बेनामे उजुरी दिन पाइने छैन । पहिले बेनामे उजुरी पनि दिन पाइन्थ्यो । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नने छ भने बेनामे उजुरीमाथि छानबिन हुने छैन ।
Facebook Comments Box
