Author: खबरमञ्च

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तीयसँग सम्बन्धितदोस्रो रणनीति पास गर्ने अन्तिम चरणमा रहेको बताएका छन् । सोमवार काठमाडौंमा नेपाल विमा प्राधिकरणको ५५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वित्तीय क्षेत्रको पहिलो चरणको रणनीति कार्यन्वयन गरिसकेको बताउँदै दोस्रो रणनीतिको अन्तिम चरणमा रहेको बताएका हुन् । दोस्रो रणनितिमा विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने उनले जानकारी दिए । उनले भने, ‘हामीले वित्तीय क्षेत्रको राष्ट्रिय पहिलो रणनीति कार्यन्वयन गरिसकेका छौं । दोस्रो रणनिति पास गर्ने अन्तिममा छौं । त्यो रणनीति भित्र वित्तीय क्षेत्रभित्रको विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग…

Read More

काठमाडौँ । सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक चलखेल सुरु भएको छ । शरणार्थी प्रकरणमा अनुसन्धान पूरा गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने समय नजिकिँदै गर्दा ठगीसम्बन्धी कसुरमा मात्र मुद्दा चलाउने गरी राय पेस गर्न प्रहरीमाथि दबाब परेको हो । कांग्रेस नेता बालकृष्ण खाण अनुसन्धानमा तानिएर हिरासतमा छन् भने अन्य केही नेतामाथि पनि आरोप छ । विपक्षी दल एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पक्राउ परिसकेको अवस्थामा मुद्दा कमजोर बनाउन ‘सत्ता–प्रतिपक्षी’ मिलान हुने अनुमान…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हिजोसम्म मन्त्री उपप्रधानमन्त्री भएका मान्छेहरु आज २ कौडीको भाउमा विक्री नहुने एउटा लिलामी वस्तुको रुपमा फ्याँकिएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महासचिव विप्लपले हिजोसम्म मन्त्री, उपप्रधानमन्त्री भएका व्यक्तिहरु यसरी बदनाम बन्नु गलत भएको बताए । उनीहरु आज जेलको चिसो छिडीमा रुदै बस्नु परेको अवस्था देख्दा नेपाली जनतालाई राजनीतिप्रति वितृष्णा बढ्नु स्वाभाविक भएको बताए । उनले भने, ‘हामी आफै युवा अवस्थादेखि पञ्चायतविरुद्धको संघर्षमा सहभागी भएर हामी जेल पर्यौ नेल खायौं । हामी माथि थुप्रै खालका यातनाहरु दिइए तर हामी झुकेनौं। हामी लड्यौं र लड्दै लड्दै यहाँसम्म आयौं थुप्रै खालका…

Read More

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको बयान भोली मंगलवार पनि हुने भएको छ । आज सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताबारे दर्जनौँ सवाल जवाफ भएका थिए । बुधबार पक्राउ परेका खाँणमाथि आइतवार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनीहरुलाई सबैभन्दा पहिले कारबाही गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनीहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्ने र त्यसका लागि एमाले आफै अघि सर्ने बताएका छन् । सत्य, तथ्य छानबिन गरेर कुनै दबाब र प्रभावमा नपरि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र यसमा नेकपा एमालेले सधैँ साथ दिने उनको भनाइ छ । ‘नेकपा एमालेको एउटा स्पष्ट धारणा सत्य तथ्य छानबिन गर्ने कुरामा कुनै दबाब र प्रभावमा सम्बन्धित निकाय पर्नु हुन्न, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ…

Read More

काठमाडौं । प्रहरीले, नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय मागेको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो । आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आजै अदालत हाजिर गराएको हो । पूर्व गृहमन्त्री बाल कृष्ण खाँण तथा रायमाझिका छोरासहित छोरा सहित यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले सबैलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलयमा ल्याएको छ । लामो समय फरार रहेर आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई म्याद थपको प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको हो । आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि केही बेरमा रायमाझीलाई जिल्ला अदालत काठमाडौं पेश गर्नेछ ।

Read More

काठमाडौं । पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न नेपलाी सेनाको टोलीका टोली प्रमुख, प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ । अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेको निर्देशनालयले जनाएको छ ।…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको वैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा राप्रपाको महाधिवेशन र पुस्तान्तरण, निर्वाचनमा राप्रपाको अवस्था, संर्वद्धनवादी विश्व सञ्जालमा राप्रपा, राजसंस्था र हिन्दूधर्म , निर्वाचनको जनादेश, सरकारको काम कारवाहीप्रति राप्रपाको दृष्टिकोण विषयलाई उठान गरिएको छ । देशमा चौतर्फी संकट मडारीरहेको समयमा राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दूराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धिका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न वैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य,…

Read More

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाँणलाई बयानको लागि प्रहरीलेसरकारी वकिलको कार्यालय पुर्याएको छ । उक्त प्रकरणमा पक्राउ परेका खाँणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी हिजो थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । हिजो म्याद थप गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई अनुसन्धान प्रक्रिया ४ दिन भित्र सक्न निर्देशन दिएको थियो । यसैबीच शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

Read More