काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तीयसँग सम्बन्धितदोस्रो रणनीति पास गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा नेपाल विमा प्राधिकरणको ५५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वित्तीय क्षेत्रको पहिलो चरणको रणनीति कार्यन्वयन गरिसकेको बताउँदै दोस्रो रणनीतिको अन्तिम चरणमा रहेको बताएका हुन् ।
दोस्रो रणनितिमा विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने उनले जानकारी दिए ।
उनले भने, ‘हामीले वित्तीय क्षेत्रको राष्ट्रिय पहिलो रणनीति कार्यन्वयन गरिसकेका छौं । दोस्रो रणनिति पास गर्ने अन्तिममा छौं । त्यो रणनीति भित्र वित्तीय क्षेत्रभित्रको विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिनेछौं र सही रणनीति लिएर अगाडि बढ्नेछौं ।’
