काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको बयान भोली मंगलवार पनि हुने भएको छ ।
आज सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।
बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताबारे दर्जनौँ सवाल जवाफ भएका थिए ।
बुधबार पक्राउ परेका खाँणमाथि आइतवार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
