Author: खबरमञ्च

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । प्रहरीले पक्राउ परेका १६ जना र फरारको सूचीमा रहेका १६ जनालाई विपक्षी बनाएर राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारेको छ । यसैबीच प्रहरीले पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर हिरासतमा लिएको छ । उक्त घटनाको अनुसन्धानशुरू गरेको आइतबार ५७ औं दिन पुगेको छ । प्रहरीले बुधबारसम्ममा मुद्दा अदालतमा बुझाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरेकाले सरकारले उक्त प्रकरणलाई केही हदसम्म न्याय दिने आशा गरिएको छ ।…

Read More

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ । गत शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेस गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा कार्यक्रमको प्राथमिकीकरणलगायतका सुझाव सांसदहरूले दिएका हुन् । यो क्रम जेठ ११ गतेसम्म जारी रहने छ। आजको बैठक बिहान ११ बजे बस्नेछ ।

Read More

काठमाडौं । नेपाली कांँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो चालु अधिवेशनबाट नै पास गर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक छिटै नै निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै…

Read More

काठमाडौं । नेपाली काँंग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकाको नीति तथा कार्यक्रममाथि नकारात्मक धारणा नराख्न आग्रह गरेका छन् । आइतवार प्रतिनिधिसभा बैठकमा पछि संचारकर्मीहरुसँग उनले सरकारले शुक्रवार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि अध्यक्ष ओलीले नकारात्मक धारणा राखेको बताए । बालकोटमा बादल लाग्दा बानेश्वरमा धमिलो देख्ने प्रवृति ओलीमा रहेको शर्माको टिप्पणी थियो । उनले भने, ‘बालकोटमा घाम लागेको बेला बानेश्वरमा उज्यालो देखिने । बालकोटमा बादल लाग्यो भने बानेश्वरमा पनि धमिलो देखिने योे खालको मनोविज्ञानर प्रवृति केपी ओलाीमा देखियो यो प्रवृति अन्त्य गर्नुहोला ।’ उनले अझै गाउँ गाउँमा पानीको धारा सम्म नपुगेको अवस्थामा अध्यक्ष ओलीको…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले आफुलाई दोषी बचाउन खोजेको आरोप जबर्जस्ती प्रमाणित गर्न खोजिरहेको बताए । उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरियो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो । यो…

Read More

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकमा जानकारी गराएका हुन्।  यसअघि ओलीले जेठ ४ गते संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो। उक्त दिन स्वास्थ्य अवस्थाका कारण पनि संसद बैठकमा सहभागी भएका थिएनन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसद्मा जानकारी दिनेसमेत यस अगाडि घोषणा गरेका थिए। संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ। संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा…

Read More

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए । यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ  गरी…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउदा महिलाहरुले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृतिविरुद्ध भएको बताएका छन् । पेशागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा आयोजित सुशासन र विकासमा पेशाकर्मीहरुको भूमिका विषयक विचार गाष्ठि कार्यक्रममा बोल्दै उनले परिचयपत्र बनाउदा सिन्दुर पुछ्नुपर्ने नियम गलत भएको भन्दै यसलाई अस्वीकार गर्नु पर्ने बताए । उनले भने, ‘मैले सुनेको कुरा अहिले परिचयपत्र बनाउदाँ महिलाहरुलाई सिन्दुर पखाल्नको लागि पानी राखिएको हुन्छ । पुस्नलाई कपडा राख्दिएको हुन्छ रे, सिन्दुर पखाल्नु पर्छ रे, पोते फुकालेर फोटो खिच्नुपर्छ रे । यो नेपालको संस्कृति विरुद्धको कुरा हो त्यस्तो यदि हो भने यो नेपालको संस्कृति विरुद्ध छ ।’…

Read More

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले ‘रेमिटेन्स’मा मात्रै भर पर्दा मुलुकको आर्थिक अवस्था नाजुक भएर जाने बताएकी छिन् । जर्मनीमा भएको राइज डब्ल्यूटिओमा सहभागिपछि नेपाल फर्किएकी उपसभामुख रानाले मुलुकमा भएका उत्पादन निर्यात गर्नेतर्फ गहन ढंगले सोच्नु पर्ने बताएकी छिन् । पत्रकारसँगको भेटमा उनले भनिन्, ‘रेमिटेन्समा मात्रै भर परेर बस्ने हो भने देशको आर्थिक अवस्था नाजुक भएर जाने छ । देशमा भएका उत्पानहरुको निर्यात कसरी बढाउने भन्ने बिषयमा गहन ढंगले सोच्नु पर्ने देखिएको छ ।’ देशले उत्पादन बढाउन नसक्नु नै ठूलो कमजोरी भएको उनले भेटका क्रममा बताइन् ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचार नै देशको ठूलो समस्या रहेको टिप्पणी गरेका छन् । शनिवार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘मधेश होस कि पहाड,पूर्व होस कि पश्चिम सबैभन्दा ठूलो समस्या अहिले भ्रष्टाचार नै छ, अनि भ्रष्टचारीले कुनै जात पनि जान्दैन क्षेत्र पनि जान्दैन।मान्छे बेचखिन जस्ता अपराध यहाँ भइरहेको छ।’ राष्ट्रिय स्तरको समस्याहरुलाई केलाउँदै शुसासनको सन्दर्भमा सरकारले थालेको पहल उचित रहेको उनले बताए । रेशम चौधरीलाई रिहा गर्नु पर्नेमा सबै एक मत नै रहेको भए पनि अदालतको निणर्य गरिसकेपछि अन्य उपायबारे सोंच्नु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘रेशम…

Read More