काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले ‘रेमिटेन्स’मा मात्रै भर पर्दा मुलुकको आर्थिक अवस्था नाजुक भएर जाने बताएकी छिन् ।
जर्मनीमा भएको राइज डब्ल्यूटिओमा सहभागिपछि नेपाल फर्किएकी उपसभामुख रानाले मुलुकमा भएका उत्पादन निर्यात गर्नेतर्फ गहन ढंगले सोच्नु पर्ने बताएकी छिन् ।
पत्रकारसँगको भेटमा उनले भनिन्, ‘रेमिटेन्समा मात्रै भर परेर बस्ने हो भने देशको आर्थिक अवस्था नाजुक भएर जाने छ । देशमा भएका उत्पानहरुको निर्यात कसरी बढाउने भन्ने बिषयमा गहन ढंगले सोच्नु पर्ने देखिएको छ ।’
देशले उत्पादन बढाउन नसक्नु नै ठूलो कमजोरी भएको उनले भेटका क्रममा बताइन् ।
Facebook Comments Box
