काठमाडौं । नेपाली काँंग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकाको नीति तथा कार्यक्रममाथि नकारात्मक धारणा नराख्न आग्रह गरेका छन् ।
आइतवार प्रतिनिधिसभा बैठकमा पछि संचारकर्मीहरुसँग उनले सरकारले शुक्रवार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि अध्यक्ष ओलीले नकारात्मक धारणा राखेको बताए । बालकोटमा बादल लाग्दा बानेश्वरमा धमिलो देख्ने प्रवृति ओलीमा रहेको शर्माको टिप्पणी थियो ।
उनले भने, ‘बालकोटमा घाम लागेको बेला बानेश्वरमा उज्यालो देखिने । बालकोटमा बादल लाग्यो भने बानेश्वरमा पनि धमिलो देखिने योे खालको मनोविज्ञानर प्रवृति केपी ओलाीमा देखियो यो प्रवृति अन्त्य गर्नुहोला ।’
उनले अझै गाउँ गाउँमा पानीको धारा सम्म नपुगेको अवस्थामा अध्यक्ष ओलीको पानी जहाजको सपना आवश्यक नरहेको बताए ।
अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘गाउँमा पानीको धारा पुर्याउन नसकेको यो देशमा पानी जहाजको आवश्यक छैन् ।अहिले जेनीति तथा कार्यक्रम आएको छ यो पर्याप्त छ म भन्दिन तर यसमा टेकेर आगामी दिनको यात्रा तय गर्नुपर्छ ।’
