Author: खबरमञ्च

काठमाडौँ । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । यसअघि नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी थिइन्  ।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए।  प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको भ्रमण पनि गरेका थिए ।

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् । शनिवार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको संलग्नता देखिएपनि कुनै हालतमा छुट नदिने जिकिर गरे । उनले भने, ‘अहिले आफ्नै देशको नागरिकलाई अनागरिक बनाउँदै नक्कली शरणार्थीको ट्याग लगाएर सम्पत्ति आर्जन गर्नका निम्ति पठाउँने योजनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा दोषीमाथि कारवाही होस् भनेर गृह मन्त्रालय तथा प्रहरीले न्यायलयमा पेश गरिसकेका छौं । आशा गर्छाै पीडितहरुलाई न्याय दिने हाम्रो अनुसन्धान खेर जाने छैन । हामीले सुशासनको स्थापना गर्न कुन पार्टी मलाई मतलब छैन् ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेतृत्वको विरोध गरेर पार्टी बलियो नहुने बताएका छन् । ललितपुरमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा पार्टी सबैभन्दा ठूलो पार्टी बनेको भन्दै विरोध गर्न भन्दा काम गरेर पार्टी बलियो बनाउन निर्देशन दिए । ‘नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। यो सत्य कुरा हो । अहिले सबकै ठाँउमा नेवि संघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हार्ने होइन जितेको छ । सानो पार्टी पनि ठूलो पार्टी भएको छ, अब यसलाई अगाडि बढाउनु छ । अझै यसलाई बलियो बनाउनु छ,’ देउवाले भने ‘काम गर्नुस्,…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन् । शनिवार पार्टी कार्यालय च्यासलमा पार्टीको बिज्ञान तथा प्रविधि विभागद्वारा आयोजित विषयगत विज्ञहरूसँग वर्तमान सम्भावना र चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले आफुहरु सरकारबाट बाहिरिएपछि अहिलेको सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्नेसम्म आँट गर्न नसकेको दावी गरे । उनले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल ,सुखी नेपाली भन्ने शब्द कुनै सरकार कुनै प्रधानमन्त्री कुनै नेता हाम्रो विपक्षहरु कसैले समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन समृद्ध नेपाल भन्ने जसको आँट छैन् ।’ अध्यक्ष ओलीले…

Read More

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रहेको बताएका छन् । भारत भ्रमणमा रहेको प्रधानमन्त्री प्रचण्डले भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका उनले आफ्नो भ्रमण फलदायी भएको बताएको उनको सचिवालयले जनाएको छ । ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो । भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण नेपालका लागि उपयोगी हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धतगर्दै उनको…

Read More

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले शनिवार बिहान ६ बजे विद्यालयको शौचालयमा गाई शरिरमा पेट्रोल खन्याएका थिए । त्यसपछि सलाई कोरेर आगो लगाएका थिए । आगोका कारण उनको शरिर पुरै जलेको छ । घटना लगतै प्रहरी उनको उद्धारमा खटिएको थियो । उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका कारण थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर अस्पताल रेफर गरिएको छ । उनलाई अहिले काठमाडौं लगिँदैछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले उनको अवस्था गम्भीर रहेको…

Read More

काठमाडौं । भारतको उडिसा राज्यमा भएको भयानक रेल दुर्घटनामा परि २३३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा नौ सयभन्दा धेरै यात्रु घाइते भएका छन् । द हिन्दुस्तान टाइम्सले जनाएर अनुसार दुर्घटनामा परि घाइतेहरुको उद्धारकार्य शनिवार बिहानसम्म पनि जारी छ । उडिसा सरकारले दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिन मातहतका निकायलाई निर्देशन दिइसकेको छ भने शनिवारको सबै सार्वजनिक कार्यक्रम रद्ध गरिएको छ । द हिस्दुस्तान टाइम्सका अनुसार कोरोमण्डेल एक्सप्रेस उडिसाको बालासोर जिल्लामा मालबहाक रेलसँग ठोक्किएको थयो । त्यसपछि रेलको डिब्बा लिकबाट उछिट्टिएको थियो ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।

Read More

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले, अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो । वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको एमालेले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतलाई विभिन्न विभागको संयोजनको जिम्मा दिइएइको उनको भनाइ छ । ज्ञवालीले भने,  ‘योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापालाई, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र…

Read More

काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका यो अफर उपलब्ध गराईको हो । यस अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था…

Read More