काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेको प्रधानमन्त्री प्रचण्डले भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका उनले आफ्नो भ्रमण फलदायी भएको बताएको उनको सचिवालयले जनाएको छ ।
‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो । भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण नेपालका लागि उपयोगी हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ ।
मध्य प्रदेशको प्रसिद्ध प्राचिन श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेकोमा खुसि व्यक्त गरेका उनले आतित्थ्यका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानप्रति पनि आभार प्रकट गरेका छन् ।
