काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेतृत्वको विरोध गरेर पार्टी बलियो नहुने बताएका छन् ।
ललितपुरमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा पार्टी सबैभन्दा ठूलो पार्टी बनेको भन्दै विरोध गर्न भन्दा काम गरेर पार्टी बलियो बनाउन निर्देशन दिए ।
‘नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। यो सत्य कुरा हो । अहिले सबकै ठाँउमा नेवि संघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हार्ने होइन जितेको छ । सानो पार्टी पनि ठूलो पार्टी भएको छ, अब यसलाई अगाडि बढाउनु छ । अझै यसलाई बलियो बनाउनु छ,’ देउवाले भने ‘काम गर्नुस्, पार्टी ठूलो बनाउनु, बलियो बनाउनु, गाली गरेर केही हुनेवाला नै छैन् ।’
आफू अब पार्टी सभापति नबन्ने भन्दै नेतृत्वको गाली गर्न भन्दा जनतासंग जान र पार्टी ठूलो बनाउन आवश्यक भूमिका खेल्न पार्टीका नेताहरूलाई आग्रह गरे ।
