Author: खबरमञ्च

काठमाडौँ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।  बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको…

Read More

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गइसकेको टिप्पणी गरेकी छन् । बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटबारेको छलफलमा भाग लिँदै उनले देशको पूँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गइसकेको बताएकी हुन् । उनले भनिन्, ‘पूँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गइसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’ उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिए पनि मंसिरमा गएर संशोधन गरि कति प्रतिशतमा झर्ने हो टुङ्गो नभएको तर्क गरिन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोगमात्रै भएको बताएका छन् । बुधवार राष्ट्रिय सभामा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन भएको प्रति शंका व्यक्त गर्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे । सोहि क्रममा प्रधानमन्त्री दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्र्दभमा राष्ट्रपतिलाई आफूले सुझाव मात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए । उनले सदनमा पुनः विधेयक फिर्ता पठाउँदा सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमा जाने र त्यसले संविधान र लोकतन्त्रको रक्षाको लागि भोलि खतरा आउन सक्ने भन्दै चिन्ता…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त पक्षको बहस आजबाट सुरु हुने भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै सकिएपछि आजबाट प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो । बहस जिल्ला अदालत काठमाडौंका न्यायधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ । प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । त्यसो हुँदा उनीहरुले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन् । पुर्व गृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी…

Read More

काठमाडौं । नेपापा एमालेले पार्टीको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन ७० वर्षको उमेर हद हटाएको छ । पार्टी अध्यक्ष वा अन्य कार्यकारी पदमा निर्वाचिन हुन ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान राखिएकोमा उक्त प्रावधान हटाइएको हो । गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधानमा रहेको ७० वर्षे प्रावधान निलम्वन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई यही जेठ १९ गते बसेको सचिवालयले अनुमोदन गरेपछि एमाले पार्टीका तल्लो तहमा पनि सोही बमोजिनको सर्कुलर गरेको हो । २०७८ साल मंसीरमा चितवनमा सम्पन्न महाधिवेशनमा सोही प्रावधानका कारण केही नेताहरु नेतृत्वका लागि प्रतिष्पर्धा गर्नबाट बञ्चित भएका थिए । केपी…

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ। छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् । 

Read More

काठमाडौं । पहिचान पक्षधरहरुले पहिचानको आधारमा प्रदेश एकको नाम राख्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित कोशी प्रदेश पुनः नामांकनको आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले प्रदेशको नामले प्रदेशमा रहेको एतिहासिक, प्राचिन, सांस्कृतिक विविधताहरुलाई समेटेको हुनुपर्ने बताए । पहिचानको आधारमा नामाकरण नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको भनाइ छ । किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले कोशी प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो निरन्तर खबरदारी थियो, नामाकरण गर्दा सर्वसम्मत तरिकाले हुनुपर्छ, संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने गरी, प्रदेशलाई बलियो गर्ने गरी, प्रदेशको एतिहासिक, प्राचिन, सांस्कृतिक विविधताहरुलाई समेट्दै नामाकरण गर्नुपर्छ भनेर हाम्रो खबरदारी थियो । नाम राख्दा पहिचानलाई…

Read More

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा तीनवटै अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ। टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएसंगै प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमतीले हालेको रिटमा सुनुवाई गर्दै अदालतले रिटलाई अग्राधिकार समेत दिएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग लिखित जवाफ मागेको हो। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदा बोहरा कडायतले गत आइतबार सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका चौधरीले आममाफी पाइसकेका छन्।

Read More

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, “सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।” जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट भिजनहीनता रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले २०८०/८१ को  बजेट भिजनहीनता भएको भन्दै लाटोकोसेरोको जस्तो आँखा भएको व्यङग्य गरे । उनले भने, ‘यसमा बिमारी छ। भिजनहीनता छ। यसले परसम्म देख्दैन। चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो आँखा भएको छ। यसले देख्दैन। भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ।’ ओलीले आयस्रोत कसरी बढाउने प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने कुरामा अहिलेको सरकारको ध्यान नगएको बताए।

Read More