काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गइसकेको टिप्पणी गरेकी छन् ।
बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटबारेको छलफलमा भाग लिँदै उनले देशको पूँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गइसकेको बताएकी हुन् ।
उनले भनिन्, ‘पूँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गइसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’
उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिए पनि मंसिरमा गएर संशोधन गरि कति प्रतिशतमा झर्ने हो टुङ्गो नभएको तर्क गरिन् ।
Facebook Comments Box
