काठमाडौं । नेपापा एमालेले पार्टीको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन ७० वर्षको उमेर हद हटाएको छ ।
पार्टी अध्यक्ष वा अन्य कार्यकारी पदमा निर्वाचिन हुन ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान राखिएकोमा उक्त प्रावधान हटाइएको हो ।
गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधानमा रहेको ७० वर्षे प्रावधान निलम्वन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई यही जेठ १९ गते बसेको सचिवालयले अनुमोदन गरेपछि एमाले पार्टीका तल्लो तहमा पनि सोही बमोजिनको सर्कुलर गरेको हो ।
२०७८ साल मंसीरमा चितवनमा सम्पन्न महाधिवेशनमा सोही प्रावधानका कारण केही नेताहरु नेतृत्वका लागि प्रतिष्पर्धा गर्नबाट बञ्चित भएका थिए । केपी ओलीलाई पुनः अध्यक्ष बनाउने उद्धेश्य अनुरुप ७० वर्षे प्रावधान हटाइएको अनुमान गरिएको छ ।
Facebook Comments Box
