Author: खबरमञ्च
काठमाडौं । नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । शुक्रबार रौनियारलाई बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको र उनलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइने जनाइएको छ । रौनियार पूर्वसांसद् समेत हुन् ।
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएका चार जनाको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयसँग २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाल सरकारको गृह मन्त्रालयको नाममा उक्त आदेश दिएको हो । निवेदकका तर्फबाट विभिन्न सात जना वरिष्ठ अधिवक्ताको बहस सुनेको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘सबैको बहस सुनियो यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक…
विराटनगर । कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएको १७४ दिनमा ढलेको छ । प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । मत विभाजनमा ८९ जना सांसद उपस्थित भए । मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिएका छन् । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए । कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको…
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीयतालाई संस्थागत गर्न आवश्यक भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मेरो विश्वास छ ।’
झापा । झापामा अहिलेसम्म १८ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । केन्द्रका अनुसार झापामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म १५ हजार ७५० हेक्टर जमिनमा धान रोपिएको केन्द्रले जनाएको छ । झापा धान सुपोरजोन जिल्ला पनि हो । धान उत्पादनका लागि प्रमुख मानिएको कोशी प्रदेशमा अहिलेसम्म गत सालकै हाराहारीमा रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा अहिलेसम्म १६. ९६ प्रतिशत रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार गत सालको भन्दा यो बर्ष एक प्रतिशतले कम रोपाइँ भएको हो…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिनेछन् र प्रदेश सभामा मतदान हुनेछ। बिहिबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो । तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को काठमाडौं महानगर कमिटीले विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । सरकारले कुनै पनि सुविधा नदिएको अवस्थामा एकाएक निजी विद्यालयले सरकारीसरह तलब दिनुपर्ने भन्दै सार्वजनिक गरेको अपिलले निजी विद्यालय समस्यामा परेको प्याब्सनको महानगर कमिटीले यस्तो चेतावनी दिएको हो । मेयर साहले हिजो बिहीबार सामाजिक सञ्जालमार्फत सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोधसमेत गर्नुभएको थियो । मेयर साहको भनाइ आएका २४ घण्टा नबित्दै प्याब्सन महानगर…
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कोशी प्रदेशका नाममा भइरहेको निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नभएको बताएका छन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा आफूलाई इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने बताएका छन् । उनले यो समस्या समाधानका लागि एमाले वार्ता र संवादका लागि तयार रहेको समेत बताएका छन् । ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर…
काठमाडौं । राष्ट्रवादी केन्द्र निकट ट्याक्सी तथा ट्रक व्यवसायीहरुले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । ट्रक, ट्रिपर ट्याङ्कर, साना ढुवानी गाडी, ट्याक्सि टेम्पो, नीलो माइक्रो लगायतका सवारी साधनमा आवद्ध मजदुरले बिहीवार काठमाडौंको सितापाइला चोकमा आफूहरुले काम गरेर खान पाउनु पर्ने भन्दै प्रर्दशन गरेका हुन् । २० वर्ष भन्दा बढी भएका सवारी साधनलाई हटाउने भन्ने सरकारको निर्णय राखेजीको माग गर्दै काम गरेर खान पाउनु पर्ने उनीहरुको माग छ । ट्याक्सी व्यवसायी प्रेमबहादुर खड्काले यातायात व्यवसायको क्षेत्रमा धेरै समस्यामा सरकार मौन बसेको तर्क गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञान, बुद्धि र विवेक हुने विद्यार्थी जहाँ पनि सफल हुने बताएका छन् । बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिले गुरु र चेलाको सम्बन्धको परिभाषा नै फेरिएको बताएका छन् । उनले गुरु कुट्ने चेलाको मुद्दा सरकारले भाग लिन कार्य गलत भएको उल्लेख गर्दै विद्यार्थीले संस्कृति र शिष्टता विर्सन नहुने बताए । उनले भने, ‘हाम्रो देश जस्तो सभ्यताको जगमा उभिएको देशमा अहिले गुरु कुट्ने प्रवृत्ति छ । र त्यस्तो व्यक्तिहरुलाई साथ दिएर सरकारले मुद्दा फिर्ता लिन्छ । विद्यार्थीले शिक्षक कुट्न पाईन्छ भनेर भन्छन् । शिक्षक…