काठमाडौं । राष्ट्रवादी केन्द्र निकट ट्याक्सी तथा ट्रक व्यवसायीहरुले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
ट्रक, ट्रिपर ट्याङ्कर, साना ढुवानी गाडी, ट्याक्सि टेम्पो, नीलो माइक्रो लगायतका सवारी साधनमा आवद्ध मजदुरले बिहीवार काठमाडौंको सितापाइला चोकमा आफूहरुले काम गरेर खान पाउनु पर्ने भन्दै प्रर्दशन गरेका हुन् ।
२० वर्ष भन्दा बढी भएका सवारी साधनलाई हटाउने भन्ने सरकारको निर्णय राखेजीको माग गर्दै काम गरेर खान पाउनु पर्ने उनीहरुको माग छ ।
ट्याक्सी व्यवसायी प्रेमबहादुर खड्काले यातायात व्यवसायको क्षेत्रमा धेरै समस्यामा सरकार मौन बसेको तर्क गरे ।
Facebook Comments Box
