झापा । झापामा अहिलेसम्म १८ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रका अनुसार झापामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म १५ हजार ७५० हेक्टर जमिनमा धान रोपिएको केन्द्रले जनाएको छ ।
झापा धान सुपोरजोन जिल्ला पनि हो ।
धान उत्पादनका लागि प्रमुख मानिएको कोशी प्रदेशमा अहिलेसम्म गत सालकै हाराहारीमा रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशमा अहिलेसम्म १६. ९६ प्रतिशत रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार गत सालको भन्दा यो बर्ष एक प्रतिशतले कम रोपाइँ भएको हो ।
Facebook Comments Box
