Author: खबरमञ्च
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर नेकपा एमालेले दुबै सदन अवरुद्ध गरेपछि मिटरब्याज सम्बन्धि अध्यादेश निष्क्रिय भएको छ । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषा गर्दै यस्तो लेनदेनलाई दण्डनीय मानेर मौजुदा कानूनमा संशोधन गर्दै गत बैशाख २० तगे अध्यादेश जारी गरेको थियो । कानूनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नु पर्ने प्रावधान छ । यही प्रावधान अनुरुप प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । तर बैठक अवरुद्ध भएपछि यसअघि ल्याइएको अध्यादेश नै स्वतः निष्क्रिय हुँदा मिटर…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभइ राजीनामा चाहिएको बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो ।’ प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।
झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए ।
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विभिन्न १९ संस्थाले प्रकाशन अनुमति पाएको सूचनामार्फत जानकारी दिएको हो । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट प्राप्त गर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ मन्त्रालयलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलको उपचारका लागि स्वीकृत भएको रकम निकासाका लागि अनुरोध गरिएको छ। राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्वास्थ्य परीक्षणका लागि गत वैशाख ६ गते श्री एयरलाइनको चार्टर एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली गएका थिए। उनी उपचार गराएर १७ गते स्वदेश फर्केका थिए। त्यस क्रममा खर्च भएको रकममध्ये ५५ लाख ४ हजार ६ सय ५४ रूपैयाँका लागि अर्थ मन्त्रालयबाट सहमति भइआएको परराष्ट्रले जनाएको छ।
काठमाडौं । नेपाल जिम्बावेमा जारी विश्वकप छनोटमा आठौँ भएको छ । मंगलवार सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डले नेपाललाई २ विकेटले हरायो। नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । आयरल्यान्डका लागि कुर्तिस क्याम्फरले ६२ र ह्यारी टेक्टर ६० रन बनाए। नेपालका करन केसीले ४, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको थियो । नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए…
काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी प्रतिश्पर्धामा नेपालले आयरल्यान्ड समक्ष २ सय ६९ रनको चुनौती प्रस्तुत गरेको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर बलिङको निणर्य लिए पछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले, निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोडेको हो । नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरे । ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९-७ को अवस्थामा पुगेपछि ब्याटिङका लागि पुगेका सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका हुन् । गुल्सनले अविजित ५७ रन जोड्दा, सन्दीपले ३२ रनको योगदान…
काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफलमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् । सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।
जुम्ला । हिमाली जिल्ला भनेर चिनिने जुम्लामा पनि पश ुचौपायमा देखिने लम्पी स्किन रोगको संक्रमण देखिन थालेको छ । जुम्लामा रहेका ८ वटा स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले बताएका छन् । प्रमुख थापाले भने, ’जुम्लाका ८ वटै स्थानीय तहमै देखा परेको छ, भर्ने सबैभन्दा बढी कनका सुन्दरी गाँउपालिकाको, सिंजका गाउँपालिका, तिलागाउँपालिका, तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिका यो रोग देखापरेका समेत बताएका छन् । पशु सेवा कार्यालयका अनुसार सिंजा गाउँपालिकामा लम्पी स्किनबाट ४ वटा गाईगोरु मरेका छन् भने २ हजार गाईगोरु यो रोगबाट संक्रमित भएका छन् । यस्तै कनकासुन्दरी गाउँपालिकामा लम्पी…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७.५ रुपैयाँ घटाएको हो । निगमले डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ ।