काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभइ राजीनामा चाहिएको बताए ।
उनले भने, ‘राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो ।’
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।
Facebook Comments Box
