काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफलमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् ।
सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।
Facebook Comments Box
