Author: खबरमञ्च
झापा- जिल्ला प्रशासन कार्यालय झापाले असोज १८ देखि २० गतेसम्म कोशी प्रदेश लगायत देशका विभिन्न भागमा ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै जिल्लावासीलाई मनसुनजन्य विपद् जोखिम बाट जोगिन उच्च सजगता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आज सूचना जारी गर्दै निम्न अनुसारका सावधानी अपनाउन अनुरोध गरेका छन्। पालना गर्नुपर्ने मुख्य निर्देशनहरू: १. अत्यावश्यक बाहेक यात्रा नगर्ने: असोज १८, १९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कने। अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने भएमा समेत मौसमको अवस्था बुझेर छोटो दूरीको यात्रामा मात्र सीमित रहने। २. पहाडी सडकमा रात्रिकालीन यात्रा जोखिमपूर्ण: बीपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौडा-कुलेखानी-दक्षिणकाली सडक, त्रिभुवन…
झापा- झापाको बिर्तामोड– ८ मा हिजो एकादशीका दिन लागेको गरामनी मेलामा छुरा प्रहार हुँदा एकजना युवक गम्भीर घाइते भएका छन्। हिजो साँझ ६:३० बजेतिर गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७, गरामनी बस्ने १८ वर्षीय बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो। प्रहरीका अनुसार, तत्काल नामथर नखुलेका मानिसहरूले राजवंशीलाई एक्कासी कुटपिट गरी धारिलो हतियार छुराले पिठ्युँमा प्रहार गरेर घाइते बनाइ फरार भएका छन्। गम्भीर घाइते राजवंशीलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ। राति ८:२५ बजे बीएण्डसी अस्पतालमा खटिएको प्रहरीले घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो। त्यसलगत्तै अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक…
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ । कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे । जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको…
झापा- झापाको बुट्टाबारीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज बिहान ९.३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टिँदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भइरहेको छ ।
काठमाडौँ- जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट…
झापा- नेपालीहरूको महान् पर्व बडादशैंको आज मुख्य दिन हो, जसलाई मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। टीका लगाउने बेलाको दिशाबारे समितिले तोकेको नियमअनुसार गर्नुपर्ने परम्परा छ । टीका लगाइदिने व्यक्ति पश्चिम फर्कनुपर्छ। टीका लगाउने व्यक्ति पूर्व फर्कनुपर्छ। यसपछि, घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आजको दिन गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थाप्ने गरिन्छ। यसरी टीका ग्रहण गर्दा यश, ऐश्वर्य वृद्धि, काम…
झापा- बुधबारे ब्याड्मिन्टन क्लबको आयोजनामा भएको मेन्स् डबल ओपन ब्याडमिन्टन प्रतियोगितामा कृष्ण श्रेष्ठ र झरेन्द्र श्रेष्ठको जोडी र प्रकाश कार्की र मानबहादुर मिश्रको जोडी प्रथम भएका छन्। दुई समूहमा खेलाइएको प्रतियोगितामा यी दुई जोडी प्रथम भएका हुन्। समूह ‘ए’ अन्तर्गतको प्रतियोगितामा श्रेष्ठद्वयको जोडी र समूह ‘बी’ अन्तर्गतको प्रतियोगितामा कार्की र मिश्रको जोडी प्रथम भए। फाइनल खेलमा श्रेष्ठद्वयको जोडीले मिलन थापा र गंगा गौतमको जोडीलाई पराजित गरेको हो भने कार्की र मिश्रको जोडीले जितबहादुर श्रेष्ठ र खेम नेपालको जोडीलाई पराजित गरेको हो। दुवै समूहमा चार टिम सहभागी थिए। प्रतियोगितापश्चात् विजेता तथा उपविजेता टोलीलाई खेल संयोजक सन्तोष ढकाल, राष्ट्रिय भेट्रान्स खेलाडी विष्णु…
झापा- झापाको बुद्धशान्तिमा आइतबार साँझ भएको दुर्घटनामा ८ जना घाइते भएका छन्। बुद्धशान्ति-३, पेट्रोल पम्प नजिकै मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आइरहेको मे. १ ज. १६६७ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकमा पल्टिँदा विपरीत दिशाबाट आइरहेको को. ४ प. ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा सुमोमा सवार ५ जना र मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्। घाइतेहरूको विवरण: सुमोमा सवार: इलाम नगरपालिका-६ का ६० वर्षीय पदमलाल लिम्बू (बायाँ हातमा चोट) इलाम नगरपालिका-५ का २४ वर्षीय रन्जित बराईली (बायाँ खुट्टामा चोट) झापा कमल गाउँपालिका-३ की ४२ वर्षीया तुलसादेवी विश्वकर्मा (बायाँ हातमा चोट) सोही ठाउँका २७ वर्षीय मनोज विश्वकर्मा (निधारमा चोट)…
झापा- झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभाका प्रतिवेदन सुझावसहित पारित भएका छन्। मनमोहन मेमोरियल सामुदायिक अस्पताल र मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजको मातृ संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको हो। सभामा संस्थाका अध्यक्ष नरेश खरेलले संस्थाको समग्र प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक बर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष बुद्धिराम भट्टराईले प्रस्तुत गरेका थिए भने लेखासुपरिपेक्षण प्रतिवेदन लेखासुपरिवेक्षण समितिका संयोजक टंक विश्वकर्माले प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि संस्थाका शेयर सदस्यहरूमाझ छलफल भएको थियो। उक्त प्रतिवेदनमाथि संस्थाका धेरै शेयर सदस्यहरूले सुझाव दिएका थिए। शेयर सदस्यहरूको…
सुनसरी- सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले…