झापा- झापाको बुद्धशान्तिमा आइतबार साँझ भएको दुर्घटनामा ८ जना घाइते भएका छन्। बुद्धशान्ति-३, पेट्रोल पम्प नजिकै मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आइरहेको मे. १ ज. १६६७ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकमा पल्टिँदा विपरीत दिशाबाट आइरहेको को. ४ प. ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा सुमोमा सवार ५ जना र मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्।
घाइतेहरूको विवरण:
- सुमोमा सवार:
- इलाम नगरपालिका-६ का ६० वर्षीय पदमलाल लिम्बू (बायाँ हातमा चोट)
- इलाम नगरपालिका-५ का २४ वर्षीय रन्जित बराईली (बायाँ खुट्टामा चोट)
- झापा कमल गाउँपालिका-३ की ४२ वर्षीया तुलसादेवी विश्वकर्मा (बायाँ हातमा चोट)
- सोही ठाउँका २७ वर्षीय मनोज विश्वकर्मा (निधारमा चोट)
- मेचीनगर नगरपालिका-१० का ५५ वर्षीय धनकुमार चौधरी (बायाँ हातमा चोट)
- मोटरसाइकलमा सवार:
- चालक, बुद्धशान्ति गाउँपालिका-३ का ३१ वर्षीय सुवास काफ्ले (बायाँ हात, खुट्टा र पेटमा चोट)
- उनकी श्रीमती २३ वर्षीया भीमकुमारी काफ्ले (बायाँ खुट्टा र घुँडामा चोट)
- उनीहरूका ८ महिनाका छोरा राचन काफ्ले (सामान्य)
घाइते सबैको अवस्था सामान्य रहेको र बुधबारेस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सुमो चालक फरार छन् र उनको खोजी भइरहेको छ। सुमो र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box