झापा- बुधबारे ब्याड्मिन्टन क्लबको आयोजनामा भएको मेन्स् डबल ओपन ब्याडमिन्टन प्रतियोगितामा कृष्ण श्रेष्ठ र झरेन्द्र श्रेष्ठको जोडी र प्रकाश कार्की र मानबहादुर मिश्रको जोडी प्रथम भएका छन्।
दुई समूहमा खेलाइएको प्रतियोगितामा यी दुई जोडी प्रथम भएका हुन्।
समूह ‘ए’ अन्तर्गतको प्रतियोगितामा श्रेष्ठद्वयको जोडी र समूह ‘बी’ अन्तर्गतको प्रतियोगितामा कार्की र मिश्रको जोडी प्रथम भए।
फाइनल खेलमा श्रेष्ठद्वयको जोडीले मिलन थापा र गंगा गौतमको जोडीलाई पराजित गरेको हो भने कार्की र मिश्रको जोडीले जितबहादुर श्रेष्ठ र खेम नेपालको जोडीलाई पराजित गरेको हो।
दुवै समूहमा चार टिम सहभागी थिए। प्रतियोगितापश्चात् विजेता तथा उपविजेता टोलीलाई खेल संयोजक सन्तोष ढकाल, राष्ट्रिय भेट्रान्स खेलाडी विष्णु तामाङ तथा प्रथम पुरस्कार प्रायोजक जितबहादुर श्रेष्ठले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
खेलको द्वितीय पुरस्कार पत्रकार उमाकान्त खनाल र एनआइसी एसिया बैंक बुधबारे शाखाका प्रवन्धक तीर्थराज श्रेष्ठले गरेका थिए।
प्रतियोगिता सम्पन्न गर्नका लागि गंगा गौतम, श्याम रामदाम, झरेन्द्र श्रेष्ठ तथा कमल रिजालले अन्य सामाग्री प्रायोजन गरेका थिए।