झापा- पूर्वेली ढुवानी सेवा प्रालिले भव्यरुपमा विश्वकर्मा पूजा गरेको छ।
झापाको बिर्तामोड–५ सुगम पेट्रोल पम्प पछाडि मुख्य कार्यालय रहेको ढुवानी सेवाले एकै स्थानमा दुई दर्जन वढी सवारी साधनको भव्य रुपमा विश्वकर्माको पूजा गरेको हो।
ढुवानी सेवाले कार्यालय परिसरमा ट्रकसहित अन्य सवारी साधनको पूजा एकै स्थानमा गरेको हो।
पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने)ले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन्।
सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ।
सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन्। उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् ।


Facebook Comments Box