झापा- झापाको बुट्टाबारीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
आज बिहान ९.३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टिँदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।
एक जनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भइरहेको छ ।
Facebook Comments Box
