Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना छानविनका लागि समिति गठन गर्ने निणर्य गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘मनाङ एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । यसप्रति मन्त्रीपरिषद्को बैठकले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ । र पर्यटन मन्त्रालयको सहसचिव बुद्धि सागर लामिछानेको नेतत्वमा छानविन गठन गरिएको छ ।’ त्यस्तै, बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने पनि निणर्य गरेको छ । बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको…
काठमाडौं । वेपत्ता मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै ज्यान गएको छ । मंगलबार बिहान १० बजेपछि टावरसंग सम्पर्कविहीन भएको उक्त एयर लिखुपिके गाउँपालिका पाँचमा पर्ने लाम्जुरा भन्ने क्षेत्रमा दुर्घटनाग्रस्त हुदाँ होलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । उनले भने, ‘दुर्घटनास्थलमा रहेका प्रहरीले पाँच जनाको शव फेला पारिसकेको जानकारी दिनुभएको छ । एयर रुखमा ठोक्किएर दुर्घटना भएको हो । थप खोजी र उद्दार कार्य जारी छ ।’ हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट मेक्सिकन नागरिक लिएर…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो दुई तिहाई नजिकको पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लागेको आरोप लगाएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौ बैठकमा उनले प्रचण्डलाई लाज नभएको मान्छे भएको बताए । ‘अहिले एमाले नेकपाको नाउमा दुई तिहाईको स्थितिमा पुगिसकेको थियो । एकता र अरु विस्तारको प्रयास दुई तिहाईमा पुगिसकेको पार्टीलाई विभिन्न नाउमा ध्वस्त पारेर अहिले कांग्रेसको पछि लागेर लठ्याक लठ्याक गर्दै हिँडेका छन्, ‘ ओलीले भने । कहिले पनि पार्टी भित्र अन्तरद्वन्द्ध मच्चाएर, असमझदारी चर्काएर, सेन्टीमेन्टमा मान्छेलाई भड्काएर, गुटबन्धी गरेर…
काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो । घटनाको जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ । हेलिकोप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको छ । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर मंगलबार विहान १० बजेदेखि सम्पर्कविहीन भएको हो । उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् । त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हेलिकोप्टर सम्पर्कविहीन भएको पुष्टि गरे । उनले भने, ‘हेलिकप्टर सम्पर्कविहीन भएको छ थप विवरण आउने क्रममै छ ।’ मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकोप्टर आज बिहान १० बजेर १ मिनेटपछि टावरको सम्पर्कमा आएको छैन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
झापा । झापा गौरादह नगरपालिका वडा नं १ मा एक युवकले आज बिहान आत्मदाह गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह १ का ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाइ छ । सुत्ने कोठामा डढेको अवस्थामा प्लाष्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । उनकी श्रीमती कामको सिलसिलामा बिराटनगरमा भएका बेला साहले आत्मदाह गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ । सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो । सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा…
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति जारी गरी ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सिआइबीले अनुसन्धान गरेकाले उक्त प्रकरणलाई अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । अनुसन्धानका क्रममा विभिन्न निकाय र ब्यक्तिबाट प्राप्त सहयोगले अनुसन्धानलाई मूर्तरूप दिन थप प्रेरणा मिलेको भन्दै उनले आगामी दिनमा समेत सहयोग हुने विश्वास लिएको उल्लेख गरेका छन् । सिआइबीले ललिता निवास प्रकरणमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा पदाधिकारीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्पूर्ण सचेत नागरिकको सहयोगको…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भन्दैमा राजीनामा नदिने तर आफ्नो अन्तरमनले भने एक सेकेण्ड पनि पदमा नबस्ने बताएका छन् । सोमबार संसद बैठकमा आफूमाथि लागेको आरोपको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदमा कस्ले नैतिकता देखायो कस्ले देखाएन भन्ने विषयमा गम्भीर हुन आग्रह गरे । राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले उठाएको विषय र मागेको राजीनामाको जवाफ दिदै उनले भने, ‘यसो केही लाग्ने वित्तिकै संसद अवरुद्ध गरिहाल्ने क्रम रोकौं ।’ प्रधानमन्त्री दाहालले नैतिकताको आधारमा कस्ले कति गर्या छ भन्ने बारेमा विवेचना गर्दै भने, ‘दुई दुई पटक मैले राजीनामा दिँदाको स्थिति तपाईंलाई थाहा छ । नैतिकता कस्ले देखायो यो देशमा कल्ले…