काठमाडौं । वेपत्ता मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै ज्यान गएको छ ।
मंगलबार बिहान १० बजेपछि टावरसंग सम्पर्कविहीन भएको उक्त एयर लिखुपिके गाउँपालिका पाँचमा पर्ने लाम्जुरा भन्ने क्षेत्रमा दुर्घटनाग्रस्त हुदाँ होलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।
उनले भने, ‘दुर्घटनास्थलमा रहेका प्रहरीले पाँच जनाको शव फेला पारिसकेको जानकारी दिनुभएको छ । एयर रुखमा ठोक्किएर दुर्घटना भएको हो । थप खोजी र उद्दार कार्य जारी छ ।’
हेलिकोप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट मेक्सिकन नागरिक लिएर काठमाडौंका लागि उडेको ९ एन एमभी कलसाइन रहेको उक्त हेलिकोप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु सवार थिए ।
