काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भन्दैमा राजीनामा नदिने तर आफ्नो अन्तरमनले भने एक सेकेण्ड पनि पदमा नबस्ने बताएका छन् ।
सोमबार संसद बैठकमा आफूमाथि लागेको आरोपको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदमा कस्ले नैतिकता देखायो कस्ले देखाएन भन्ने विषयमा गम्भीर हुन आग्रह गरे ।
राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले उठाएको विषय र मागेको राजीनामाको जवाफ दिदै उनले भने, ‘यसो केही लाग्ने वित्तिकै संसद अवरुद्ध गरिहाल्ने क्रम रोकौं ।’
प्रधानमन्त्री दाहालले नैतिकताको आधारमा कस्ले कति गर्या छ भन्ने बारेमा विवेचना गर्दै भने, ‘दुई दुई पटक मैले राजीनामा दिँदाको स्थिति तपाईंलाई थाहा छ । नैतिकता कस्ले देखायो यो देशमा कल्ले देखाएन म माननीय सदस्यलाई छातीमा हात राखेर गम्भीर रुपमा विचार गर्न आग्रह गर्छु ।’
Facebook Comments Box
