काठमाडौँ । सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
घटनाको जानकारी आउनसाथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ । हेलिकोप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको छ । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।
Facebook Comments Box
