काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो दुई तिहाई नजिकको पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लागेको आरोप लगाएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौ बैठकमा उनले प्रचण्डलाई लाज नभएको मान्छे भएको बताए ।
‘अहिले एमाले नेकपाको नाउमा दुई तिहाईको स्थितिमा पुगिसकेको थियो । एकता र अरु विस्तारको प्रयास दुई तिहाईमा पुगिसकेको पार्टीलाई विभिन्न नाउमा ध्वस्त पारेर अहिले कांग्रेसको पछि लागेर लठ्याक लठ्याक गर्दै हिँडेका छन्, ‘ ओलीले भने ।
कहिले पनि पार्टी भित्र अन्तरद्वन्द्ध मच्चाएर, असमझदारी चर्काएर, सेन्टीमेन्टमा मान्छेलाई भड्काएर, गुटबन्धी गरेर जितिन्छ, सफल भइन्छ भनेर नसोच्न उनको सुझाव छ ।
Facebook Comments Box
