Author: खबरमञ्च

झापा- झापा गाउँपालिका वडा नं.५ र बाह्रदशी गाउँपालिका वडा नं.२ को सिमाना हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि एक युवकको शव भेटिएको छ । आफ्नो कारसहित केही दिनदेखि बेपत्ता झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको शव भेटिएको प्रहरीले जनाएको छ। कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अवस्थामा भेटिएको हो । २–४ दिन अगाडी नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट शव शनिवार बिहान निकालिएको छ । शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सुनिल साहको घरमा तोडफोड भएको छ । हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले माईधारका…

Read More

झापा- गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवहरूको सरुवा गरेको छ, जसअन्तर्गत झापा जिल्ला प्रशासन कार्यालयमा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। झापाका सिडिओ गोपालकुमार अधिकारीलाई झापाबाट काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। उनको सट्टामा धनकुटाका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत शिवराम गेलाल झापाको प्रमुख जिल्ला अधिकारी भएर आउने भएका छन्। गृह मन्त्रालयले ३६ जना सहसचिवहरूको सरुवा गर्ने क्रममा अधिकारीलाई काभ्रेपलाञ्चोक र गेलाललाई झापाको जिम्मेवारी दिएको हो।

Read More

झापा- झापाको बिर्तामोड-५ मा ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड-५ कै २६ वर्षीय हेमकुमार चौधरी रहेका छन्। उनलाई प्रहरीले बिहीबार बिहान करिब २:१५ बजे शिवसताक्षी-७, व्याङडाँडाबाट नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार, बुधबार साँझ करिब ६:३० बजे सामान्य झगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँसको लाठी प्रहार गरेका थिए। बाँसको प्रहारले घटनास्थलमै ढलेका राजवंशीलाई उनका आफन्तले तत्काल उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। मृतक राजवंशी आफ्ना दाइसँग मिलेर ग्रिल बनाउने काम गर्दै आएका थिए। पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानूनी…

Read More

झापा- झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु भएको हो। उनको शव हाल बिएण्डसी अस्पतालमा रहेको बुझिएको छ। स्थानीयका अनुसार राजवंशीको टाउको बाँस प्रहार भएको थियो। हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा- इलामको माई नगरपालिकामा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ। माई नगरपालिका वडा नं. ६ की ४८ वर्षीया चन्द्रमाया मगरको शव बुधबार बिहान ११ बजे माईखोलाको बगरमा फेला परेको हो। उनी वडा नं. ६ र १ जोड्ने झोलुङ्गे पुल पार गरी बाँसतर्फ आउँदै गर्दा पुलबाट खसेको बताइएको छ। स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी महमाईको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सन्जीव बोगटीको कमान्डमा टोली खटिएको थियो। कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

Read More

झापा- जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक बन्दी झापाको शिवसताक्षीबाट पक्राउ परेका छन्। शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय विवश रोक्कालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले बुधबार दिउँसो १२ः३० बजे उनकै घरबाट पक्राउ गरेको हो। रोक्का भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला कारागारबाट भागेका थिए। उनी सालकको अखेटोपहार मुद्दामा थुनामा रहेका थिए।

Read More

झापा- जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए । अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ । “मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भने– “एकै…

Read More

काठमाडौँ- नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि…

Read More

झापा- करिव एक महिनाअघि बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । घाइते भइ बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई तीन दिनअघि घर लगिएका साइकलयात्री झापा गाउँपालिका वडा न.२ बस्ने ५० वर्षीय पिन्टु राजवंशीको आज बिहानको राति २ः१० बजे मृत्यु भएको हो । गत असोज ५गते बिहान ८ः५० बजे बिर्तामोड वडा न.२ भाटभटेनी सुपर मार्केटस्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा ५ बस्ने १७ वर्षीय अनुज राजवंशीले चलाएको प्र १–०१–१७ प २५८ न.को मोटरसाइकलले साइकलयात्री पिन्टु राजवंशीलाई ठक्कर दिएको थियो । शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका पिन्टुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । मोटरसाइकल चालक…

Read More

झापा- झापाको मेचीनगरमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । दुई दिनअघि घरको छतबाट लडेर घाइते भएका मेचीनगर –१४ दुवागढी बस्ने ४० वर्षीय विरबहादुर भुजेलको हिजो बेलुका ५ बजे उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनी शनिवार दिउँसो ४ बजे आफ्नै एक तले घरको छतबाट अचानक लडेर घाइते भएका थिए । सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More