झापा- झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु भएको हो।
उनको शव हाल बिएण्डसी अस्पतालमा रहेको बुझिएको छ।
स्थानीयका अनुसार राजवंशीको टाउको बाँस प्रहार भएको थियो। हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
