झापा- गृह मन्त्रालयले आइतबार ३६ जना सहसचिवहरूको सरुवा गरेको छ, जसअन्तर्गत झापा जिल्ला प्रशासन कार्यालयमा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।
झापाका सिडिओ गोपालकुमार अधिकारीलाई झापाबाट काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
उनको सट्टामा धनकुटाका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत शिवराम गेलाल झापाको प्रमुख जिल्ला अधिकारी भएर आउने भएका छन्।
गृह मन्त्रालयले ३६ जना सहसचिवहरूको सरुवा गर्ने क्रममा अधिकारीलाई काभ्रेपलाञ्चोक र गेलाललाई झापाको जिम्मेवारी दिएको हो।
Facebook Comments Box
