झापा- इलामको माई नगरपालिकामा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ।
माई नगरपालिका वडा नं. ६ की ४८ वर्षीया चन्द्रमाया मगरको शव बुधबार बिहान ११ बजे माईखोलाको बगरमा फेला परेको हो।
उनी वडा नं. ६ र १ जोड्ने झोलुङ्गे पुल पार गरी बाँसतर्फ आउँदै गर्दा पुलबाट खसेको बताइएको छ।
स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी महमाईको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सन्जीव बोगटीको कमान्डमा टोली खटिएको थियो।
कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
Facebook Comments Box
