झापा- झापाको मेचीनगरमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ ।
दुई दिनअघि घरको छतबाट लडेर घाइते भएका मेचीनगर –१४ दुवागढी बस्ने ४० वर्षीय विरबहादुर भुजेलको हिजो बेलुका ५ बजे उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
उनी शनिवार दिउँसो ४ बजे आफ्नै एक तले घरको छतबाट अचानक लडेर घाइते भएका थिए । सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
