Author: खबरमञ्च

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पणका लागि भोलि दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा श्रद्धान्जलीका लागि राखिने एमालले जनाएको छ । भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो । नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । बालुवाटारस्थित निवासमा…

Read More

काठमाडौँ। नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गर्दै नेता नेम्वाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झन्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवाहक उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक–पुस्तिका राखिनेछ। पार्टी र पार्टीसम्बद्ध जनवर्गीय संगठनको औपचारिक कार्यक्रम पनि तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए। यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णयसमेत गरेको उनले बताए।…

Read More

काठमाडौं । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुगेका छन्। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएपछि प्रधानमन्त्रीसहितका शीर्ष नेता अस्पताल पुगेका हुन्। सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता पनि शिक्षण अस्पताल पुगेका छन् । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो।

Read More

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे अस्पताल पुर्‍याइएका नेम्वाङको बाटैमा मृत्यु भएको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । उनको निधनको खबरपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, लगायतका नेता शिक्षण अस्पताल पुगेका छन् ।

Read More

झापा । सोमबार साँझ सवारी दुर्घटनामा परि प्यारागन एकेडेमी सुरुंगा झापाका प्रिन्सिपल देवराज सुवेदीको मृत्यु छ । साँझ करिब सवा सात बजे झापाको कनकाई नगरपालिका ८ शीतलचोकस्थित पूर्वपश्चिम राजमार्गमा सुवेदीले चलाएको मोटरसाइकल र बोलेरो जिप एकापसमा ठोक्किएका थिए । पश्चिमबाट पूर्व आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र प्र १ – ०१- ०१३प १४१७ नम्बरको सुवेदीले चलाएको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परि गम्भीर घाइते भएका सुवेदीलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइसक्दा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै सवारी साधन तीव्र गतिका कारण दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ । बोलेरो जिपका…

Read More

झापा । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् । उनी डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए । प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए । चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

Read More

काठमाडौं ।  वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । हिजो वर्षाको कारण खेल रोकिएको थियो । कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ । वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो । त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

Read More

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।   काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस रहेको थियो । सो सकिएपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएपछि आदेश आएको हो । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट…

Read More

काठमाडौं । जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहिक आत्मदाह गर्ने उनीहरूले चेतावनी दिएका छन् । आइतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनयुद्धका घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नु पर्ने बताए । आफूहरुको व्यवस्थापनलाई राज्यले नजर अन्दाज गरे आत्मदाह गर्ने उनको चेतावनी छ । ‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने…

Read More