झापा । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् ।
उनी डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए ।
प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए ।
चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।
Facebook Comments Box
