काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएपछि प्रधानमन्त्रीसहितका शीर्ष नेता अस्पताल पुगेका हुन्।
सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता पनि शिक्षण अस्पताल पुगेका छन् ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो।
Facebook Comments Box
