काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे अस्पताल पुर्याइएका नेम्वाङको बाटैमा मृत्यु भएको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।

उनको निधनको खबरपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, लगायतका नेता शिक्षण अस्पताल पुगेका छन् ।
Facebook Comments Box
