Author: खबरमञ्च
बिर्तामोड- बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको छ। वडा नम्बर ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण योजनाको रूपमा रहेको यो सडकमा अहिले तीव्रगतिमा काम भइरहेको छ। बुधबार नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत इन्जिनियर सहितको टोलीले सडकको अनुगमन गरेको हो। अनुगमनका क्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले ठेकेदारलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी निर्माणमा ध्यान दिनुपर्ने बताइन् । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तीन वर्षदेखि यो सडकको स्तरोन्नति कार्य जारी रहेको उल्लेख गर्दै…
भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् रु आठ करोड ४१ लाख २२ हजारले…
झापा- झापाबाट एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा खुल्ला १९, महिला १२, युवा ५ र दलित २ गरी कुल ३८ जना प्रतिनिधि सहभागी हुने भएका छन्। दलिततर्फका २ जना सर्वसम्मत चयन गरिने भएकाले बाँकी ३६ जनाका लागि निर्वाचन सम्पन्न भएको हो। झापा क्षेत्र नं. २ मा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन्। खुल्ला ५, महिला ३ र एक युवा प्रतिनिधिका लागि २७ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की १७१६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै विजयी भए। त्यसैगरी, एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर…
झापा- राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिला र पुरुषको अधिकार बराबर भएको बताएकी छन्। नीति निर्माणका क्रममा पुरुषले नै महिलालाई स्थान नदिएको उनले बताइन्। नेपाल पत्रकार महासंघ झापा शाखाको महिला विभाग र नारी सञ्चार गृह झापाको संयुक्त रुपमा आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा कार्यशालामा बोल्दै आयोगकी सदस्य खतिवडाले महिलाको हक कसैको आशिर्वाद नभइ नैसर्गिक अधिकार भएको बताइन्। उनले पुरुषको हातमा शासनसत्ता रहुन्जेल महिलाहरूले न्याय पाउन गाह्रो भइरहने बताइन्। तर अहिलेको अवस्थामा महिलाका कारण पुरुष पनि त्यतिकै हिंसाको शिकार बन्ने गरेको उनको भनाइ थियो। कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अहिलेको डिजिटल युगमा विभिन्न…
झापा – नेकपा एमालेको ११औं महाधिवेशनका लागि दुई प्यानलले उम्मेदवारी घोषणा गरेपछि झापामा महाधिवेशन प्रतिनिधि छनोटमा सहमति जुट्न नसकी आज निर्वाचन हुँदैछ। जिल्लाबाट चयन हुने ३६ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै तीन गुणा अर्थात् ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बिहीबार खुला, महिला र युवा क्लस्टरसहित १४१ जनाले उम्मेदवारी दिएका थिए भने शुक्रबार ४६ जनाले नाम फिर्ता लिएका थिए। पाँचै निर्वाचन क्षेत्रमा मतदान हुने जिल्ला निर्वाचन विभाग प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिए। क्षेत्र नं. १ मा ६ प्रतिनिधिका लागि ११ उम्मेदवार, क्षेत्र नं. २ मा ९ प्रतिनिधिका लागि २७ उम्मेदवार, क्षेत्र नं. ३ मा ६ प्रतिनिधिका लागि १९ उम्मेदवार,…
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडमा आक्रमण गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर ३ बस्ने २४ वर्षीय सञ्जय मुसहर रहेका छन्। मुसहरलाई हिजो (बिहीबार) साँझ करिब ६ बजे इप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्ताबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीले जनाएअनुसार, उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो ।
झापा- झापाको शिवसत्ताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या आरोपित मामाभान्जा जेल चलान भएका छन् । झापा जिल्ला अदालतले हत्यामा संलग्न शिवसताक्षी –१० माईधारकै मामा २७ वर्षीय सुनिल शाह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई बुधबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । घटनामा संलग्न एकजना आरोपित भने अझै फरार नै रहेका छन् । मामाभान्जासहित एकजना भारतीय सरोजको हत्यामा संलग्न देखिएको बताए पनि प्रहरीले ती भारतीयलाई पक्राउ गर्न सकेको छैन । उनको पहिचान पनि खुलाइएको छैन । सरोजलाई सुन लुट्ने योजना बनाएर सुनिल र उनका भान्जा राहुलले गत कात्तिक ९ गते हत्या गरेका अनुसन्धानबाट देखिएको प्रहरीले…
झापा- आन्दोलनमा रहेका औषधि व्यवसायीहरूले बुधबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धि प्रावधान तत्काल खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। संस्थाको नविकरण एक महिना भित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको नेपाल औषधि व्यवसायी संघले जनाएको छ। सो माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने संघले चेतावनीसमेत दिएको छ। अहिले संशोधन गरेर ल्याएको औषधि ऐन २०३५ को उपदफा ३ जहाँ नविकरणको म्याद सिद्धिएको भोलीपल्ट शतप्रतिशत जरिवाना लगाउने व्यवस्था गरिएको छ।…
ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।