झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडमा आक्रमण गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर ३ बस्ने २४ वर्षीय सञ्जय मुसहर रहेका छन्।
मुसहरलाई हिजो (बिहीबार) साँझ करिब ६ बजे इप्रका बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्ताबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले जनाएअनुसार, उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
